सूचनाको शक्ति - The Power Of Information

        

भाई भनेपछि धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कैलालीको धनगढीमा एक युवक कुटिएका छन् । बुधवार धनगढी बजारमै एक युवकमाथि सामूहिक आक्रमण भएको हो । धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्दै आएका वसन्त जेठारामाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको कभर्ड हल नजिकै जेठारामाथि आक्रमण भएको हो । अहिले जेठारामाथि आक्रमण गर्ने समूहका निषेध धामीलाई प्रहरीले पक्राउ गरेको र अन्य ९ जना फरार रहेको बताइएको छ ।

धामीसहित १० जनाको समूहले जेठारामाथि आक्रमण गरेका थिए । जेठाराले आफूमाथि बिना कारण कुटपिट भएको बताएका छन् । उनले आफू एक्लै सडकमा हिँडिरहेको बेला उनीहरूको बोलाएको र आफूले के हो भाई ? भनेर जवाफ फर्काउदा एक्कासी आक्रमण गरेको दाबी गरे ।

उनलाई धनगढीको बाल्मीकी स्कुलदेखि लखेट्दै टिसिएन चोकसम्म पु¥याइएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जेठाराको मुख, टाउको र शरीरमा चोट लागेको छ । कुटपिटमा संलग्नहरूमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:०९