सूचनाको शक्ति - The Power Of Information

        

प्रदूषित वातावरणमा नागरिक कोषको १८ अर्ब थन्कियो

 काठमाडौं उपत्यकामा प्रत्येक वर्ष वातावरण प्रदूषण बढिरहेको छ ।

सरकारले यसको नियन्त्रण गर्न बनाएको कोषमा भने १८ अर्ब रुपैयाँ जम्मा भएपनि परिचालन हुन सकेको छैन् ।

प्रदूषण नियन्त्रणका लागि सरकारले जनतासँग कर उठाउँदै आएको छ । आर्थिक वर्ष २०६५/०६६ देखि काठमाडौं उपत्यकाभित्र बिक्री हुने पेट्रोल तथा डिजेलबाट प्रतिलिटर ५० पैसाको दरले प्रदूषण शुल्क संकलन भइरहेको छ ।

१४ वर्षमा करिब १८ अर्ब रूपैयाँ जम्मा भइसकेको नेपाल आयल निगमले जनाएको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०७:४७