सूचनाको शक्ति - The Power Of Information

        

२०८० सालमा विवाहको साइत ३५ दिन मात्रै

सनातन धर्मावलम्बीको प्रचलनमा रहेको ज्योतिष शास्त्र अनुसार वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा विवाहका साइत निस्किन्छ । चतुर्मास अन्तर्गत साउन, भदौ, असोज र कात्तिकमा निस्किँदैन ।

यस्तै पुस र चैत महिनामा पनि विवाहको मुहूर्त निकालिँदैन । नेपाल पञ्चांग निर्णायक विकास समितिद्वारा मान्यता पाएर प्रकाशित भई हालै सार्वजनिक २०८० सालको पात्रो अनुसार वैशाखमा पर्याप्त साइत छैन ।

अघिल्लो वर्षदेखि नै वृहस्पति ग्रह अस्त रहेको १५ मात्र उदय हुने भएकाले १९ गतेदेखि मात्रै साइत निकालिएको छ । जेठ र मंसिरमा पर्याप्त साइत रहे पनि असार, माघ र फागुनमा त्यति साइत निस्किएको छैन ।

हेर्नुहोस्, कुन महिना कति गते विवाह र व्रतबन्धको साइत ?

विवाहको साइत

वैशाख – १९, २०, २७ र २८ गते ।
जेठ – २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते ।
असार – ७, ८ र ११ गते ।
मंसिर – १२, १३, १८, २१, २३, २८, २९ र ३० गते ।
माघ – २, १६, १७, २१, २३ र २९ गते ।
फागुन – १९, २१ २२, २३ र २४ गते ।

व्रतबन्धको साइत

वैशाख – २४ गते ।
जेठ – ८, १०, २२ र २५ गते ।
असार – ४ गते ।
चैत – ७, ८ र १४ गते ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १७:३२