सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ । तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ ।

भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पनि मूल्य वृद्धि गर्न सक्ने जनाइएको छ । हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच सम्झौता रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:१३