सरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि सफल हुन नसकेको नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुनः ब्युँताउन लागेका हुन् ।
उक्त नियम कार्यान्वयन गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै कमिसन खाएको आरोप लागेपछि कार्यान्वयन हुन सकेको थिएन । कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।
सत्यपाटी संवाददाता । काठमाडौं