सूचनाको शक्ति - The Power Of Information

        

इरानमा नर्तकी जोडीलाई दश वर्षको जेल सजाय

इरानमा एउटा नर्तकी जोडीलाई दश वर्षको जेल सजाय दिइएको छ ।

सडकमा नाचेको भिडियो सामाजिक सञ्जालमा हालेका उनीहरूलाई भ्रष्टाचार, वेश्यावृत्ति र अफवाह बढाएको आरोपमा दश वर्षको कैद सजाय दिइएको हो ।

राजधानी तेहरानको आजादी टावर आसपास नाचेको भिडियो उनीहरुले सामाजिक सञ्जाल इन्स्ट्राग्रामा हालेका थिए । भिडियाेलाई इन्स्ट्राग्राममा करिब २० लाखले पछ्याईरहेका २१ वर्षीया आस्तियाज हाक्किकी र २२ वर्षीय अमीर मोहम्मद अहमदीलाई जेल सजाय दिइएको हो ।

उनीहरूलाई दुई वर्षसम्म सामाजिक सञ्जालमा जोडिन पनि बन्देज लगाइएको छ । यो नर्तकी जोडीमाथिको कारबाही इरानमा जारी प्रदर्शनसंग भने सम्बन्धित नरहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ०८:३३