दुई दिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले प्रचण्ड नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार र सहकार्यमा आफूहरूको जोड रहेको बताइन् ।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएकी हुन् । राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री रहेकी न्युल्याण्डले सोमबार नेपालका शीर्षनेताहरूसँग भेटवार्ता सकेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गरिन् ।
उनले दुई देशबीचको सम्बन्ध र सहकार्यमा उनी केन्द्रीत भइन् । उनले प्रधानमन्त्रीसँगको भेटमा अमेरिकालाई नेपालले प्राथमिकता दिनुपर्ने र विश्वराजनीतिक विषयमा साथ दिनुपर्नेमा जोड दिइन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ