प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेलाई तत्काल गृहमन्त्री नियुक्त गर्न दवाव दिइरहेको ओली सोही विषयमा छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताएको छ ।
शुक्रबार सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गरेको थियो । त्यस लगत्तै रविले सांसद र गृहमन्त्री पद गुमाएका थिए ।
आइतबार भने रविले प्रकृया पुर्याएर नागरिकता लिइसकेका छन् । नागरिकता लिएसँगै ओलीले रविलाई पुनः गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएका हुन् ।
सर्वोच्चको फैसलासँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि गैरसांसद भइसकेका छन् । वर्तमान व्यवस्था अनुसार गैरसांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन सकिने व्यवस्था रहेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनअघि सभापति पद गुमाएका रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
रास्वपाको आज सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार शुक्रबार सभापति पद गुमाएका लामिछाने पुनः सभापति बनेका छन् ।
शुक्रबार सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गर्दै खारेज गरिदिएपछि रविले पार्टी सभापति, सांसद र गृहमन्त्री पद गुएमाका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं