सूचनाको शक्ति - The Power Of Information

        

काठमाडाैं जस्तै पोखरामा पनि आत्मदाहको प्रयास

पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।

ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिनुभयो ।

“डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ”, उहाँले भन्नुभयो, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।” घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि काठमाडाैंकाे नयाँबानेश्वरमा इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहकाे प्रयास गरेका थिए । आत्मदाहकाे प्रयासबाट गम्भीर घाइते भएपछि उनकाे उपचारकाे क्रममा ज्यान गएकाे थियाे ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतवार १७:४४