सूचनाको शक्ति - The Power Of Information

        

नयाँ गृहमन्त्रीका लागि छलफलमा जुटे प्रधानमन्त्री प्रचण्ड र ओली

नयाँ गृहमन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको हाे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उहाँहरुबीच छलफल भइरहेकाे छ ।

सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतवार १७:३८