सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा ट्र्याक्टरबाट खसेर एक युवकको ज्यान गयो

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखकाे नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ ।

छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेकाे भे २ त १४७८ नम्बरको  ट्र्र्याक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको ज्यान गएको हाे ।

ट्र्र्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताउनु भयाे ।

ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खाजी भइरहेकाे प्रहरीले जनाएको छ । मृतक विक पनि ट्र्र्याक्टर चालक हुन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतवार ०८:०२