सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीलाई नै गृहमन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । सर्वोच्चको फैसलासँगै उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेको पद गुमेपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीेले नै सम्हाल्ने भएका हुन् ।

नागरिकता विवादको मुद्धामा शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइमा दोषी ठहरिएपछि लामिछानेले पदबाट राजीनामा दिएका थिए । शनिबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गृहमन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १६:३६