सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा पैरवी तथा जनचेतनामूलक अभियान सञ्चालन


सिराज खान/बाँके । ‘रमाइलो पढाई, दिगो सिकाई’ भन्ने मूल नाराका साथ नेपालगन्जमा पैरवी तथा जनचेतनामूलक अभियान कार्यक्रम सम्पन्न गरिएको छ । बाँके जिल्लामा संचालन गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत सो कार्यक्रमको महत्वबारे अभिभावक, शिक्षक, समुदाय र सर्वसाधारणमा चेतना बृद्धि गर्ने उदेश्यले जनचेतनामूलक अभियान कार्यक्रम आयोजना गरिएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहाुदर थापाले बताए ।
सो अभियान अन्तर्गत सोमबार जनचेतनामूलक ¥याली निकालिएको थियो भने दोस्रो चरणमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला शिक्षा कार्यालयबाट निकालिएको एक बृहत्त जनचेतना ¥यालीले सुर्खेतरोड, धम्बोझी चोक हुँदै स्थानीय विनायक गेष्ठ हाउसमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी थापाले प्रारम्भिक कक्षा पढाई कार्यक्रमका कारण कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन शिपमा सुधार हुनुका साथै अभिभावकलाई समेत जिम्मेवार र सचेत बनाउने काम गरेको बताए ।
यो कार्यक्रमलाई सफल बनाउन अझै पनि सबैले मिलेर तिव्र गतिमा काम गर्नु पर्नेमा उनको जोड थियो । प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय प्रमुख राम अचल यादवले फिल्डमा धेरै काम भएको भएपनि ती सबै कामलाई प्रतिवेदनमा राख्न नसकिएको बताए । उनले सो कार्यक्रम अन्तर्गत बाँकेमा हालसम्म सबैभन्दा उत्कृष्ट काम भएको बताए । प्रधानाध्यापकहरुको तर्फबाट बोल्दै ललिता उपाध्यायले प्रारम्भिक कक्षा पढाई कार्यक्रमले अभिभावकलाई सचेत र जिम्मेवार बनाउने कार्य गरिरहेको हुँदा बालबालिकाको पठनसीपमा सुधार भैरहेको बताइन् ।


उनले उक्त कार्यक्रमको निरन्तरताका लागि पनि केही ब्यबस्था गरिनु पर्नेमा जोड दिइन् । मसानघाट टोल पढाई समुहका संयोजक तलत परविन खानले यो कार्यक्रम बालबालिकाको शिक्षामा जग बलियो गर्नका लागि एकदमै उत्कृष्ट भएको जनाउँदै यसमा समुहलाई केही आर्थिक सहयोग थप्न सके झन राम्रो गर्न सकिने सुझाव दिए । सो अवसरमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम जिल्ला समन्वय कार्यदलका सदस्य शोभना मिश्र, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यक्रम प्रबन्धक बसन्त र कार्यक्रम संयोजक सान्त कुमार चौधरी लगायतले प्रारम्भिक कक्षा पढाई कार्यक्रमको महत्वको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
सोही प्रकारका चेतनामूलक ¥याली र अन्तरक्रिया कार्यक्रमहरु जिल्लाका बिभिन्न बिद्यालयको कार्य क्षेत्रहरुमा पनि आयोजना गरिसकिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । सो कार्यक्रम अन्तर्गत बाँकेमा ६७८ वटा टोल पढाई समूह निर्माण गरी ती समूह मार्फत बालबालिकाको पढाई शिप सुधारका लागि सक्रिय रुपमा पठनपाठन लगायत विभिन्न गतिविधिहरु भैरहेको छ । प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ३५९ सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्ने ६२ हजार बालबालिकाको शैक्षिक शिप विकासमा सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार ०६:१८