सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।

फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १८:१०