नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ ।
बिहीबारदेखि सुरू भएको स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्न लागेको हो ।
बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेकाे पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेकाे उनले बताए।
अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले शुक्रबार आ–आफ्नो धारणा राख्नेछन् ।
पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ