सूचनाको शक्ति - The Power Of Information

        

६ महिनामा आयात र निर्यात दुवै घट्यो

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा १९ प्रतिशतमा सीमित भएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिमा आयात २ खर्ब रूपैयाँभन्दा बढीले घटेको छ भने निर्यात ३८ करोडले घटेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म नेपालमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रूपैयाँबराबरको वस्तु आयात भएको छ । आर्थिक वर्ष २०७८/७९ को सो अवधिमा करिब ९ खर्ब ९९ अर्ब ३४ करोड रूपैयाँको आयात भएको थियो ।

यो चालू आवमा गत वर्षको तुलनामा २० प्रतिशतले आयात घटेको छ । चालू आवको पछिल्लो ६ महिनाको अवधिमा आयात मात्रै नभई निर्यात पनि ३२.१ प्रतिशतले घटेको विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार ०८:०७