संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगञ्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गरेको छ ।
नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालय अगाडी नै आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायी आचार्यको निधनप्रति दुःखी त थिए नै सरकारप्रति आक्रोस पनि व्यक्त गरिरहेका थिए ।
धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार अनि राष्ट्र बैंकले कुनै उल्लेखिय कदम नचाल्दाको परिणाम उद्योगी,व्यवसायीले अनाहकमा ज्यान गुमाइरहेको व्यवसायीको आरोप छ ।
इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको थियो ।
उनको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघको आह्वानमा बिहिवार उद्योग, व्यवसाय बन्द गरी शोकसभामा सहभागि भएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
सत्यपाटी संवाददाता । काठमाडौँ