सूचनाको शक्ति - The Power Of Information

        

५ जना संक्रमित थपिँदा ५ संक्रमणमुक्त

थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३१ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ५ जना संक्रमणमुक्त भएका छन् भने देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १६:४४