सूचनाको शक्ति - The Power Of Information

        

बबई गाउँपालिका पुग्यो नेपाल बंगलादेशको बैंक


दाङ । दाङको बबई गाउँपालिकामा नेपाल बंगलादेशको बैँकको शाखा स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्र हापुरेमा प्रदेश सांसद उत्तरकुमार वलीले बैंकको ६४ शाखाको उद्घाटन गरे । उद्घाटनका क्रममा सांसद वलीले बैंकलाई नाबालक बचत खाता संचालन गर्न बैँकको व्यवस्थापन पक्षलाई आग्रह गरे ।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक स्वाधीनसिंह बस्नेतले आफूहरुले बबई गाउँपालिकामा पनि अन्य शाखा जस्तै सेवा सुविधा दिने बताए । योसँगै बबई गाउँपालिकामा भार्गव विकास बैंक तथा वेष्ट्रन डेभलपमेन्ट बैंक पनि सञ्चालनमा आइसकेका छन् । बैंक खुलेपछि त्यहाँका सर्वसाधारलाई बैंकिङ कारोबारका लागि थप सहज हुने बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतवार ०३:३०