प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ।
संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ ।
सत्ता साझेदार दलमा उपसभामुख रास्वपाको भागमा परेको छ। उसले आज बिहान ९ बजे संसदीय दलको बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ।
सत्यपाटी संवाददाता । काठमाडौँ