सूचनाको शक्ति - The Power Of Information

        

उपसभामुखकाे चुनाव माघ ७ गते

प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखकाे भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदकाे चुनाव माघ ७ गते हुने घोषणा गर्नुभएको हो ।

साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावकाे सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभयो । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।

घिमिरेकाे पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १७:२३