सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

पहाडी भेगमा सामान्य बदली, तराईमा हुस्सु-कुहिरो

एक वा दुई स्थानमा हल्का हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भेगमा सामान्य बदली छ, भने तराईमा हुस्सु-कुहिरो रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०७:३९