शरच्चन्द्र भण्डारी/वासुदेव पौडेल/रामबहादुर थापा/निरज थकाली । काठमाडौं/मुस्ताङ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै छन् । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् ।
प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ । राजनीतिक तहमा हुने यस्ता उच्चस्तरीय भ्रमणले एकार्काका पीरमर्का र विकासका आकांक्षा बुझ्न मद्दत मात्र पुग्दैन बदलिँदो विश्व परिवेशमा मतैक्यताका साथ क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्न सघाउँछ । प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा गरेका तीन ‘ट्विट्’ले नेपालसँगको अनादिकालदेखिको भारतको परम्परागत सम्बन्धलाई नयाँ आलोकमा प्रस्तुत गर्न खोजेको प्रतीत हुन्छ ।
जनकपुरधाम र मुक्तिनाथजस्ता विश्वविख्यात धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा हुने उनको भ्रमणले प्रकृतिप्रेमी पर्यटक र तीर्थाटनलाई भारतवर्षमा समुचित प्रवद्र्धन मात्र गर्नेछैन अपितु दुई देशबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई एक अटुट कडीका रुपमा चित्रण गर्छ ।
‘लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहन्छ,’ नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको परिकल्पना साकार पार्न सबल साझेदार हुने उत्कृट अभिलाषा उनले अभिव्यक्त गरेका छन् । त्यस्तै अर्को ट्विटमा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको प्रष्ट्याउँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफ्ना समकक्षी ओलीसँग सघन वार्ता गर्ने बताएका छन् ।
निश्चय पनि उनको यो अभिव्यक्तिले विगतका रिक्तता र तिक्ततालाई तिलाञ्जलि दिएको संकेत मात्र गर्दैन भविष्यमा नेपाल–भारत मैत्री नयाँ नेपालको नयाँ संविधान जारी हुनुपूर्वको अवस्थामा पु¥याउने अपेक्षा गर्न सकिन्छ । त्यस्तै जनकपुरधाम र मुक्तिनाथजस्ता विश्वविख्यात धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा हुने उनको भ्रमणले प्रकृतिप्रेमी पर्यटक र तीर्थाटनलाई भारतवर्षमा समुचित प्रवद्र्धन मात्र गर्नेछैन अपितु दुई देशबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई एक अटुट कडीका रुपमा चित्रण गर्छ ।
संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य द्विपक्षीय भ्रमण एकार्कालाई बुझ्ने अवसरका रुपमा चित्रण गर्छन् । उनी प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन गर्ने, त्यसो हुन नसके पनि छलफल र समिचीन समीक्षा गर्ने, सम्बन्ध नवीकण गर्ने अवसर ठान्छन् । दक्षिण र उत्तर कोरियाली नेताबीच हालै भएको ऐतिहासिक वार्ता, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीचको हालैको भेटवार्तालगायत क्षेत्रीय रंगमञ्चमा विकसित घटनाक्रमलाई जोड्दै उनको भ्रमणले दुवै देशका जनतालाई फाइदा पुग्ने अभिमत प्रकट गर्छन् ।
‘तीन वर्षअघि नेपाल र भारतबीच निर्मित एउटा गहिरो खाडल नेपालका प्रधानमन्त्री केपी ओलीबाट नयाँ दिल्ली भ्रमणले आधा पुरेको र अब प्रधानमन्त्री मोदीको नेपाल यात्राले बाँकी आधा खाडल पुर्नेछ ।’
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैंजू समसामयिक विश्वमा उदीयमान अर्थतन्त्रको रुपमा स्थापित लोकतान्त्रिक मुलुक भारतबाट समानताका आधारमा नेपालप्रति व्यवहार हुने विश्वास व्यक्त गर्छन् । पूर्व राजदूत सैंजु भारतले आफ्नो विशालता र प्रतिष्ठा तथा विज्ञान, प्रविधि र आर्थिक फाँटमा हासिल गरेको समृद्धिलाई गिज्याउने खालको व्यवहार भविष्यमा फेरि गर्दैन भन्ने सन्देश प्रधानमन्त्री मोदीले दिनुपर्छ भन्छन् । पुरानो भारतीय मानसिकता अब परिवर्तन हुनुपर्छ भने उनको ठम्याइ छ । मुक्तिनाथ र जनकपुरको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनलाई लाग्छ ।
नेपाल र भारतबीच तीन वर्षअघि उत्पन्न चिसोपन अब हार्दिकतातर्फ उन्मुख भएको विश्लेषण सुनाउँदै भारतका विद्वत् वर्गमा दरिएका प्रा महेन्द्र पी लामा भन्छन्, ‘तीन वर्षअघि नेपाल र भारतबीच निर्मित एउटा गहिरो खाडल नेपालका प्रधानमन्त्री केपी ओलीबाट नयाँ दिल्ली भ्रमणले आधा पुरेको र अब प्रधानमन्त्री मोदीको नेपाल यात्राले बाँकी आधा खाडल पुर्नेछ ।’ यस्तै, ‘फागुन महिनायता अहिलेसम्म यसरी मुस्ताङमा हिउँ परेकै थिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाग्यमानी नै मान्नुपर्छ, मुक्तिनाथका स्थानीयवासी मानबहादुर थकालीले भने । गर्मीयामको पनि बीच समयमा बुधबार राति मुस्ताङमा अत्याधिक रुपमा परेको हिउँका कारण यतिखेर मुक्तिनाथसहित आसपासका हिमाल हिउँले सेताम्य भएका छन् ।
विश्वमा नै शक्तिराष्ट्रका रुपमा उदीयमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही शनिबार हुन लागेको मुक्तिनाथ दर्शनका कारण यतिखेर सिङ्गो मुस्ताङ चहलपहलमय भएको छ । यहाँ आउने पर्यटकले हिमाललाई साक्षी राखेर तस्वीर खिचाउन र सेल्फी खिच्न यतिखेर भ्याइनभ्याइ छ । यस्तो गर्मीयाममा पनि एकाएक हिउँ पर्दा मुस्ताङ र आसपासका क्षेत्र निकै रमणीय देखिएको थकालीले बताए । अघिपछि पनि भारतीय पर्यटकको निकै चाप हुने गरेको मुक्तिनाथमा यतिखेर अत्याधिक संख्यामा भारतीय पर्यटक आइपुगेका छन् भने नेपालस्थित भारतीय राजदूतावासका कर्मचारी र भारतीय सुरक्षाकर्मी पनि ठूलो संख्यामा देखिएका छन् ।
‘भारतीय प्रधानमन्त्रीको भ्रमण एवं दर्शन नजिकिएका अवस्थामा वरपरका डाँडा छपक्क हिउँले ढाकिनु साँच्चै सौभाग्यकै कुरा हो, । भ्रमणको समाचार संकलन गर्न आउने स्वदेशी एवं विदेशी पत्रकारले हिमपातका सुन्दर दृश्यलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नेछन् ।’
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका क्रममा आएका भारतीय राजदूतावासका कर्मचारी, सुरक्षाकर्मी एवं अन्य पर्यटक पनि सेताम्य हिउँले छापिएका उच्च हिमाली दृश्यमा मोहित बन्ने गरेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताए । ‘भारतीय प्रधानमन्त्रीको भ्रमण एवं दर्शन नजिकिएका अवस्थामा वरपरका डाँडा छपक्क हिउँले ढाकिनु साँच्चै सौभाग्यकै कुरा हो,’ अध्यक्ष थकालीले भने, ‘भ्रमणको समाचार संकलन गर्न आउने स्वदेशी एवं विदेशी पत्रकारले हिमपातका सुन्दर दृश्यलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नेछन् ।’ भारतीय प्रधानान्त्री मोदी भ्रमणले यहाँको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन हुने उनले बताए ।
भ्रमण नजिकिँदै गर्दा मुक्तिनाथ र आसपासका क्षेत्र हिउँले भरिएका कारण निकै रमणीय बनेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए । उनका अनुसार मोदीको भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ । पूजाको तयारीका साथै स्वागतद्वार निर्माणलगायत काम धमाधम भइरहेको छ । रानीपौवा बजारदेखि मुक्तिनाथ मन्दिरसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने तयार गरिएका हेलिप्याड क्षेत्रको सुरक्षार्थ कुकुरसमेत परिचालन गरिएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई दृष्टिगत गरी त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने कार्यक्रम छ । भ्रमणलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएको छ । भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ । जिल्लाको सुरक्षा प्रबन्ध मजबुत बनाइएको छ, प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले भने, ‘जिल्ला प्रवेश गर्ने र बाहिरने सबै नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिएको छ ।’
भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने कार्यक्रम छ । भ्रमणलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएको छ । भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसरमा २० घण्टा आवातजावतमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्म मुक्तिनाथ मन्दिर परिसरमा आवातजावत बन्द गरिएको हो । ‘मन्दिरदेखि ८०० मिटर आसपासको क्षेत्रमा मात्र आवातजावत रोक लगाइएको छ,’ प्रजिअ पौडेलले भने । मनाङ हुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने र मुक्तिनाथ हुँदै मनाङ निस्कने पर्यटकलाई वैकल्पिक पदमार्गको व्यवस्था मिलाइएको छ । मुस्ताङका अन्य गन्त्व्यमा हुने पर्यटकीय गतिविधिलाई भ्रमणले कुनै असर नगर्ने प्रजिअ पौडेलले बताए ।
विशिष्ठ विदेशी पाहुनाको भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायका उच्च अधिकारी पनि मुक्तिनाथ आइपुगेका छन् । नेपाल प्रहरीको प्रदेश कार्यालय पोखराबाट प्रहरी उपरीक्षक वीरेन्द्र बस्याल, प्रहरी नायब निरीक्षक श्यामकुमार महतोलगायत सुरक्षा अधिकारी मुस्ताङमा खटिएका छन् । गत आइतबार रक्षामन्त्री ईश्वर पोखरेलले पनि मुस्ताङको भ्रमण गरी सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । मुक्तिनाथ मन्दिर परिसरमा तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ पौडेलले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना मोदीको सुरक्षार्थ खटिने उनको भनाइ छ । नेपाली सेना र भारतीय सुरक्षाकर्मीको समन्वयमा विशेष सुरक्षा (क्लोज प्रोटेक्सन) को व्यवस्था मिलाइएको छ ।
हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट विछ्याइएको गरेको छ । हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म ६ वटा स्वागतद्वार बनाइएको छ । मन्दिरकै आडैमा विश्रामस्थलका रुपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको छ ।
मुस्ताङ छिर्ने कोरला, थोरङ्लापास र घासा नाकासहित जिल्लाका १५ वटै सुरक्षा जाँच केन्द्रमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए । सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन सबै उपाय अवलम्बन गरिएको उनको भनाइ छ । भारतीय सुरक्षाकर्मी र सरकारी अधिकारीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको निगरानी बढाएका छन् । बिहीबार प्राविधिक टोलीसहित बन्दोबस्तीका सामान बोकेको हेलिकप्टर तीनपटक जोमसोम विमानस्थलमा अवतरण गरेको छ । भारतीय प्रम मोदी आउने हेलिकप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच वटा हेलिप्याड बनाइएको छ ।
हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट विछ्याइएको गरेको छ । हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म ६ वटा स्वागतद्वार बनाइएको छ । मन्दिरकै आडैमा विश्रामस्थलका रुपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए । नेपालस्थित भारतीय दूतावास र सञ्चार माध्यमका प्रतिनिधि पनि मुस्ताङ आउने क्रम बढेको छ । शनिबार बिहान ७ बजे भारतीय प्रम मोदी सवार हेलिकप्टर मुक्तिनाथ अवतरण गर्ने जनाइएको छ । मन्दिरमा विशेष पूजाआजापश्चात भारतीय प्रम मोदी मुक्तिनाथबाट सिधै काठमाडौँ फर्कने कार्यक्रम छ । रासस
।