अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ ।
राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो ।
नाबिजादाको घरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले उनको अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् ।
घटना भए लगत्तै अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् । अफगानिस्तानका लागि सांसद रहेका नाबिजादालाई तालिवान सरकारले सन् २०२१ मा पदच्यूत गरेको थियो ।
तालिवान सरकारले पदच्यूत गरेका अधिकांश महिला सांसदहरुले देश छोडे पनि नाबिजादाले देश छोडेकी थिइनन् । साेही घटनाकाे बारेमा थप अनुन्सन्धान जारी रहेकाे जनाइएकाे छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ