पोखरामा आइतबार भएको यती एयरको जहाज दुर्घटनाको शोकमा सरकारले सोमबारका लागि देशभर सार्वजनिक विदा दिएकाे छ।
सरकारले आज विदा दिएपनि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले भने चालू परीक्षा नरोक्ने भएकाे छ। यद्यपि, पठनपाठन भने राेकिएकाे छ।
त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यका अनुसार मानविकी सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गते नरोकिने भएकाे हाे।
यस परीक्षाका आधारमा नै अन्य परीक्षा तय गरिने हुँदा परीक्षा राेक्दा समस्या हुने भएकाले नराेकिएकाे उनकाे भनाइ छ।
सरकारले आज शाेक विदा दिएकाे भएपनि अत्यावश्यक काम, बैंक तथा वित्तीय संस्थाहरू पनि खुला रहनेछन्।
सत्यपाटी संवाददाता । काठमाडौँ