सूचनाको शक्ति - The Power Of Information

        

पोखरामा विमान दुर्घटना अपडेट

घनाबस्ती जोगाउँदै सेती नदीको खोंचमा खस्यो विमान

पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।

दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टी रहेको नेपाली सेनाको ब्यारेक पछाडि विमान खसेको हो ।

नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो । पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको थियो ।

प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरु भन्छन्, ‘विमान एक मिनेटमात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो । एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजारमाथि जहाज बजारिने थियो ।’

अर्का एक प्रत्यक्षीदर्शीका अनुसा प्लेनको पखेटा तलमाथि भएर आएको थियो । ‘हामी ३ जनासँगै थियौं । पाइलटले सेफ ठाउँ खोज्दा खोचमा खस्यो,’ उनले थपे, ‘पाइलटले बस्तीबाट प्लेन जोगाउन हरसम्भव प्रयास गरेको देखियो ।’

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १२:४४