सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना नलिने र प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्षमा प्रहरी उपरीक्षक (एसपी) बढुवा हुनैपर्ने प्रावधान अघि सारेको छ ।
सशस्त्र वृत्ति विकासमा सुस्तता आएको र कुनै पनि कार्यक्रम नभएको भन्दै आकर्षण कम भएपछि वृत्ति विकासका विभिन्न कार्यक्रमसँगै सो प्रावधान अघि सारेको हो ।
जवानमा भर्ना भएपछि वरिष्ठ हवल्दारभन्दा माथि जाने अवस्था बनेको तथा प्रहरी निरीक्षकमा भर्ना भएको १८ वर्षसम्म पनि बढुवा हुने अवस्था नबनेको भन्दै संगठनभित्र निराशा उत्पन्न भएकाले प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले प्रहरी नियमावली संशोधन गर्न सो प्रावधान अघि सारेका हुन् ।
सशस्त्र प्रहरीका आइजिपी अर्यालले संगठनलाई प्रविधिमैत्री बनाउने तथा सीमा सुरक्षाका लागि जनशक्ति बढाउन सरकारसँग माग गर्दै आएका बेला प्रहरी नियमावली पनि संशोधनको प्रस्ताव गरेका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ