सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीको चौथो मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गिरी लुम्बिन्धीका चौथो मुख्यमन्त्री बनेका छन् ।

उनलाई ५८ प्रदेशसभा सदस्यको समर्थन छ । एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन–तीन र दुई स्वतन्त्रसहित ५८ सांसदले समर्थन गरेका हुन् ।

लुम्बिनीमा यसअघि शंकर पोखरेल दुईपटक र कुलप्रसाद केसी एकपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७ र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य छन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १५:४८