सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ ।

कर्णाली प्रदेश सरकार अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति हुने भएकाले योग्यता पुगेका उमेदवारहरूले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ । माग १६ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथामिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय वा अन्तर्गतका निकाय र स्थानीय तहमा सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०८:३२