बाँकेकाे जानकी गाउँपालिकाकाे हिउँदे अधिवेशन शुरु भएको छ ।
वडा नम्बर ३ स्थित गाउँकार्यपालिकाको कार्यालयमा शुरु भएको १३औं हिउँदे गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले उदघाटन गरे ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको उदघाटन समारोहमा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
पालिका अध्यक्ष खाँले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की लगायत जिल्ला समन्वय समदस्यहरुलाई सम्मान गरिएको हो ।
प्रतिनिधिसभातर्फ निर्वाचित सांसदद्वय किशोरसिंह राठौर र आशा विक भने समारोहमा उपस्थित थिएनन् । गाउँसभाको उदघाटन सत्रमा बोल्दै सांसद कुर्मीले जानकीको विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
सत्यपाटी संवाददाता । बाँके