प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् ।
एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । ६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना सांसदले कार्कीलाई समर्थन गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ