सूचनाको शक्ति - The Power Of Information

        

२०७९ पुस २४ गतेको राशिफल : मिथुनलाई फाइदा, धनुलाई भय

२०७९ पुस २४ गते आइतवार, ८ जनवरी २०२३ । माघ कृष्णपक्ष द्वितीया तिथि । तिष्य नक्षत्र । चन्द्रराशि– कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । तापनि, साथीभाइले साथ दिनेछन् । कृषि, पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला । आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा भने ध्यान पुर्याउनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मेहनतले दैनिकीमा परिवर्तन आउनेछ । व्यापारमा मनग्य लाभ हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा प्रगतिका साथै आफ्नो प्रतिभाको कदर हुनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पछिका लागि खर्च गर्नुपर्ने समय छ । व्यवसायमा लगानी बढाउनुपर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । वैदेशिक यात्रा लाभदायक रहनेछ । तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । कामका लागि दौडधुप गर्नुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ । श्रमको फल प्राप्त हुनुका साथै आयस्रोत बढ्नेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

केही समय लागे पनि विभिन्न काम र जिम्मेवारी हात पार्ने मौका छ । लगनशीलताले अवसर दिलाउन सक्छ । श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । तर ढिलासुस्ती गर्दा वा आँटले काम लिन नसक्दा केही पछि परिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खानपानको असावधानीले स्वास्थ्यलाई हानी गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कमजोरीका बेला कामको चाप भने बढ्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कामबाट आम्दानी भइरहनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । सोखले खर्च भने बढाउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मिहिनेत गर्दा काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अधिकारका लागि केही जोखिम उठाउनुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार ०५:१४