सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पहाडमा बदली, तराईमा शीतलहर कायमै

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ ।

देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सु, कुहिरो र शीतलहर कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार तराईका धेरै भू–भागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार ०८:०३