सूचनाको शक्ति - The Power Of Information

        

दादुराविरुद्धको खोप

नेपालगञ्जमा ५५४ बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप

वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जना

बाँकेकाे नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जनालाई दादुराविरुद्धको खोप लगाइएको हो।

वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय बाँकेले त्यहीँबाट दादुराविरुद्धको खोप लगाउन सुरु गरेको छ।स्वास्थ्य महाशाखा प्रमुख चन्दले संक्रमण देखिएका अरु वडाहरुमा पनि खोप लगाउँदै जाने जानकारी दिए।

नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्ममा दादुराविरुद्धको खोप लगाउने गरिन्छ। अहिले संक्रमण देखिएका बालबालिकाले नियमित रुपमा सञ्चालन भएको खोप अभियानमा सहभागी नभएको पाइएको छ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १७:४७