सूचनाको शक्ति - The Power Of Information

        

पाल्पा बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

गएराति पाल्पामा भएको बस दुर्घटनाका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा परी रैनदेवी छहरा–८, की ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षकी छोरी सिरुमाया घिमिरे, सोही स्थानकी ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री १९ वर्षीया बिमा पाण्डेयको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते रैनदेवी छहरा–८, की ७२ वर्षीया पूर्णकुमारी दर्जी, ६० वर्षकी यमकली रास्कोटी, ३९ वर्षीया यमकला पाण्डेयको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा श्रेया राना, दिपसन राना, चेतबहादुर दर्जी, चुमा घर्ती, रामबहादुर बस्नेत, सूर्यबहादुर रेग्मी घाइते भएका छन् । उनीहरूको उपचार भने एडमनसिटी अस्पताल जितगढी बुटवलमा भइरहेको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

अन्य घाइतेहरूमा लालकुमारी गाहा, सुरज घिमिरे, तुल्सा पाण्डे, लिला गाहा, अस्सना रास्कोटी, फर्सिकला पाण्डे, लिमकली पाण्डे, आर्या पाण्डे र स्यानिकला बस्नेत छन् । उनीहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमै उपचार भइरहेको छ । बस सडकदेखि १०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ११:३३