सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द

बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् ।सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ ।

चिसोका कारण आजदेखि २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको नरैनापुर गाउँपालिकाले जानकारी दिएको छ ।बाँकेमा चिसो अत्यधिक बढेपछि उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयमा पुस २४, २५ र २६ गते तीन दिन बिदा दिने निर्णय नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताएका छन् ।

केही दिनयता बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको  बैठकले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । चिसोलाई मध्यनजर गरी खजुरा गाउँपालिकाले पनि बिदा दिइसकेको छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०७:०३