सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा दादुराका कारण एक बालकको मृत्यु

 नेपालगञ्जमा माहामारिको रुपमा फैलिएको दादुराका कारण एक बालकको ज्यान गएको छ । नेपालगञ्ज–५ का २ वर्ष ५ महिनाको एक बालक उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको बताईएको छ ।

नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार बिरामी बालकमा दादुराको चिन्ह लक्षण देखिएको थियो ।

सन २०२३ मा दादुरा उन्मुलनको घोषणा गर्ने तयारी रहेकै बेलामा नेपालगञ्जमा एकाएक दादुरा संक्रमण देखिएको हो । नेपालगञ्ज उपमहानगरका विभिन्न वडाहरुमा दादुराको संक्रमण देखिएको छ ।

नेपालगञ्जमा खोपको मात्रा पुरा नगर्दा हात्तिपाईले विगत ११ वर्षदेखि निरन्तर अभियान सञ्चालन रहेकै बलामा दादुराको पनि खोप पुरा नभएको कारणले गर्दा महामारीको रुपमा फैलिएको हो ।

नेपालगञ्जमा दादुराबाट दुईदर्जन बढी संक्रमित भएको र यो भन्दा बढी पनि हुनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १९:३१