मेक्सिकोमा गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका थिए ।
उनीहरूकाे खोजीको क्रममा भएको गोली हानाहानमा करिब ७ जनाको मृत्यु भएको हाे ।
बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली प्रहार गर्दा दुई जना अनुसन्धानकर्ता लगायत अन्य ५ जना बन्दुकधारीकाे समेत मृत्यु भएकाे हाे ।
यस घटनामा मेक्सिकोको कुख्यात अपराधिक समूह लोस मेक्सिकल्सको हात रहेको विश्वास गरिएको छ । सिउडाड जुवारेजस्थित कारागारबाट कैदीहरू भाग्ने क्रममा १० जना गार्ड र ४ जना कैदी गरी १४ जनाको मृत्यु भएको थियो ।
कारागारबाट भाग्नेहरुमा लोस मेक्सिकल्सका नाइके पनि रहेका छन् । अपहरण र हत्याको अभियोगमा ३३ वर्षीय एल नेटोले १४ वर्ष लामो कैद सजाय भोगिरहेका थिए ।
सन् २०१० मा पनि उनलाई भगाउन गरिएको एक असफल प्रयास दौरान घाइते भएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ