सूचनाको शक्ति - The Power Of Information

        

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ ।

मंगलबार सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो ।

उहाँले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराउनुभयो । अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको पटक-पटक दोहोर्‍याउनुभयो ।

अध्यक्ष नेपालले पार्टी कमिटी भित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको समेत बताउनुभयो ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १८:१२