सूचनाको शक्ति - The Power Of Information

        

अवकाशमा जान लागेका उपरथी सैनिक प्रहरीको नियन्त्रणमा

नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाही पुस २० मा नियमित अवकाशमा जाँदैछन् ।

तर, अवकाशमा जानुअघि उनलाई सैनिक मुख्यालय जङ्गी अड्डामा नियन्त्रणमा लिएर राखिएको हो । उपरथी शाहीलाई छानबिनका लागि जङ्गी अड्डामा बस्न आदेश भएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले बताए ।

उनले भने, ‘उहाँसँग केही विषय बुझ्नुपर्ने भएकाले जङ्गी अड्डास्थित ब्यारेकमा बस्न भनिएको छ ।’ उनलाई के विषयमा छानबिन गर्न लागिएको भन्नेबारे भने खुलाइएको छैन । सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १६:१०