सूचनाको शक्ति - The Power Of Information

        

निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढाउने

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।

निगमले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको जनाएको हो ।

आइतबार भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्य सूचीमा केही घटबढ भएपनि नेपालमा मूल्य यथावत राखिने निगमले जारी गरेकाे विज्ञप्ति उल्लेख गरिएकाे छ ।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेल २ रुपैयाँ ९५ पैसा, हवाई इन्धन ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँस प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले बढेर आएको छ ।

तर, मट्टीतेलको मूल्य भने घटेको छ । निगमलाई अहिले १५ दिनमा ९९ करोड रुपैयाँ नाफा भइरहेको छ । निगमलाई एलपी ग्याँस बाहेक पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा नाफा भइरहेको छ ।

यद्यपी अझै १८ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार ०८:४३