सूचनाको शक्ति - The Power Of Information

        

‘ह्रस्व-दीर्घ’मा गरीमा शर्मा अनुबन्धित

‘ह्रस्व-दीर्घ’मा  गरीमा शर्मा अनुबन्धित भएकी छन् ।

निर्माण टिमले उक्त खबर सामजिक सन्जाल मार्फत बताएका हुन् l‘ह्रस्व-दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । निता फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुनेछ ।

‘ह्रस्व दीर्घ’को छायाङ्कन अर्को वर्षको असारपछि मात्र सुरु हुनेछ । नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायाङ्कन हुने फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ ।

७ करोडको लागतमा बन्ने फिल्ममा  बलिउडका चर्चित कलाकारको पनि अभिनय रहने बताइएको छ । सिनेमामा वसन्त अधिकारी मुख्य सहायक निर्देशकको रूपमा रहनेछन् ।

फिल्ममा अभिनेत्री निता ढुङ्गानाको पनि मुख्य भूमिका छ  ।

प्रकाशित मिति : १७ पुष २०७९, आइतवार १८:१२