सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार १७ अङ्कभन्दा धेरैले बढ्यो

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव २६ अङ्कले बढेर दुई हजार ४६ दशमलव २९ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र फाइनान्सबाहेक अरू समूहको शेयर बढेकोमा बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ६१ वटा कम्पनीका एक करोड आठ लाख ८० हजार कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से बढेकाे दिन सृजनशील लघुवित्त, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्सुरेन्स र प्रभु लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमन्ट लिमिटेड र मिथिला लघुवित्तको शेयर भने साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : १७ पुष २०७९, आइतवार १८:०७