सूचनाको शक्ति - The Power Of Information

        

`कमेडि च्याम्पियन सिजन ३” हुँदै

“कमेडि च्याम्पियन ३” हुने भएको छ ।

दुईवोटा सिजन सफल भएपछि निर्माण टिमले ३ ल्याउन लागेका हुन् । सिजनको अडिसन अंग्रेजी नयाँ बर्षदेखि सुरु हुने भएको छ । जनवरी १ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने छ्न् ।

सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुन पर्ने छ  ।

आयोजकले भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउनेछ ।  कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले  जितेका थिए भने दोश्रो सिजन भरतमणी पौडेलले जितेका थिए ।

प्रकाशित मिति : १७ पुष २०७९, आइतवार ०९:०८