सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टी–ट्वान्टी : शनिबार दुई खेल हुँदै

काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् ।

शनिबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

अपराजित लुम्बिनी छैठौं जित निकाल्न चाहान्छ । पोखरा दोस्रो जितको खोजीमा रहेको छ ।

लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पोखरा ६ खेलमा ५ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा छ ।

यही संस्करणको पहिलो भेटमा लुम्बिनी ३ विकेटले विजयी भएको थियो ।

शनिबार नै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

जनकपुर चौथो जितको खोजीमा रहेको छ भने विराटनगर तेस्रो जितको खोजीमा रहेको छ ।

जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने विराटनगर चौथो स्थानमा रहेको छ ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार ०८:५१