सूचनाको शक्ति - The Power Of Information

        

२०७९ पुस १५ गतेको राशिफल : मिथुनलाई अवसर, कर्कटलाई सफलता

२०७९ पुस १५ गते शुक्रवार, ३० डिसेम्बर २०२२ । पौष शुक्लपक्ष अष्टमी तिथि । उत्तरभाद्रपदा नक्षत्र, १७ः०५ बजेदेखि रेवती । चन्द्रराशि– मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर–छिमेकमा असमझदारी बढ्नेछ । उधारोमा व्यापार गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ । चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक काममा मन रमाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउन सक्छ । तत्काल लाभ उठाउन नसकिए पनि पछिका लागि काम गर्न सकिनेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । व्यापार बढ्नाले आम्दानी पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

दिन रमाइलो र उत्साहपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । कीर्तिमानी कामको यश लिने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ०६:२८