सत्ता गठबन्धनमा आवद्ध सात दलका शीर्ष नेताहरुको बैठक बिहीबार बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बस्नेछ ।
बैठकमा शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ