सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

बझाङकाे छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाकाे ज्यान गएकाे हाे । उनीहरुकाे घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

झोलुङ्गे पुलकाे सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०८:३३