अफ्रिकी मुलुक बुर्किना फासोमा एउटा मिनिबस बारुदी सुरुङमा पर्दा १० जनाको मृत्यु भएको छ ।
बुर्किना फासो र नाइजरको सीमा नजिक भएको घटनामा ५ जना घाइते भएका हुन् । बुर्किना फासोका क्षेत्रीय गभर्नर फाडा एक गोर्माले घटनाप्रति दु:ख ब्यक्त गर्दै केही यात्रु बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।
बुर्किना फासो र यसको छिमेकी मुलुकहरुले सन् २०१३ देखि जिहादी विद्रोहको सामना गरिरहँदा हजारौं सर्वसाधारणकाे मृत्यु भएकाे छ । २ लाख भन्दा बढी विस्थापित भएका छन् ।
गत जनवरीमा त्यहाँको सेनाले विद्रोह अन्त्य गर्ने घोषणा गरेता पनि हिंसात्मक गतिविधिमा कमी आएको छैन ।
सत्यपाटी संवाददाता । काठमाडौँ