पहिलो संस्करणको नेपाल टी–२० लिगमा मंगलबार पनि दुई खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
लुम्बिनी पोखरालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । उसले पहिलोमा फारवेस्ट युनाइटेडलाई ६७ तथा दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो ।
लुम्बिनी २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । पोखरा जारी लिगमा पहिलो जितको खोजीमा छ । ऊ पहिलोमा खेलमा काठमाडौं नाइट्स र दोस्रो म्याचमा जनकपुर रोयल्ससँग पाराजित भयो ।
अंकविहीन रहेको पोखरा तालिकाको पुछारमा रहेको छ । आज नै हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
यी दुई टोलीबीचको खेल दिउँसो १ बजेबाट त्रिवि मैदानमै सुरु हुनेछ । पछिल्लो दुई खेलमा लगातार जित हासिल गरेको जनकपुर काठमाडौंलाई पनि हराउन चाहन्छ ।
उसले पहिलोमा पोखरा र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।
विराटनगर पहिलो जितको खोजीमा छ । उसले पहिलोमा लुम्बिनी र दोस्रो खेलमा जनकपुरसँग हार बेहोरेको थियो । अंकविहीन रहेको विराटनगर तालिकाको पाँचौं स्थानमा छ ।
६ टिमले प्रतिस्पर्धा गरिरहेको लिगको फाइनल यही २७ पुसमा हुनेछ । नेपाल क्रिकेट संघ ९क्यान० ले पहिलोपटक आयोजना गरिहेको लिग विजेता टोलीले ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ